ओलम्पिक दिवसमा कलाकारको फुटबल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ओलम्पिक दिवसका अवसरमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कलाकार टिमबीच मैत्रीपूर्ण फुटबल सम्पन्न भयो । नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनद्वारा आयोजित फुटबलमा धीरेन शाक्य कप्तान रहेको टिमले सुनिल थापा नेतृत्वको टोलीलाई पाँच-तीन गोलले हरायो ।

फुटबल आयोजनाका लागि चलचित्र कलाकार संघले समन्वय गरेको थियो । विजेतालाई कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?