काठमाडौं । फ्रिडम ‘ए’ र ढोलाहिटी प्रथम वडाध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । चाबहिलको चन्द्रविनायक पार्कको मैदानमा भएको पहिलो सेमिफाइनलमा फ्रिडम ‘ए’ ले किङ कम स्पोर्ट्स क्लबलाई १-० गोलले पराजित गर्यो । राजकुमार घिसिङले निर्णायक गोल गर्नुभयो । किङ कमका प्रताप शाक्य ‘म्यान अफ द म्याच’ घोषित हुनुभयो ।
चाबहिल स्पोर्ट्स क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको अर्को सेमिफाइनलमा ढोलाहिटीले बौद्ध भेट्रान ‘ए’ लाई पाँच-एक गोलले हरायो । विजयी टिमका लागि ‘म्यान अफ द म्याच’ विजय गुरुङले हृयाट्रिक गर्नुभयो । नितिन गुरुङ र सरोज थापाले एक-एक गोल थप्नुभयो । बौद्ध ‘ए’ का उमेश लामाले सान्त्वना गोल फर्काउनुभयो ।
फाइनल मंगलबार हुनेछ । विजेताले एक लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछन् । व्यक्तिगत चार विधाका उत्कृष्ट खेलाडीलाई जनही पाँच हजारबाट पुरस्कृत गरिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच