काठमाडौं । नेपाल प्रहरीका कमल श्रेष्ठ र पार्वती गुरुङले प्रथम राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगितामा आइतबार स्वर्ण पदक जित्नुभएको छ । पुरुष एकलको ३० वर्षमाथि कमल र महिला एकलको २५-३० वर्षमा पार्वतीले स्वर्ण पदक चुम्नुभएको हो । दुवै १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुनुहुन्छ ।
नेपाल तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा नेपाल आर्मीका रेजिन रिमाल दोस्रो तथा आर्मीका रामबहादुर पोखरेल र प्रवीण गुरुङ तेस्रो हुनुभयो । महिलामा तरहराकी सुशिला राई दोस्रो तथा आर्मीकी निता गुरुङ र प्रहरीकी सीता तामाङ तेस्रो स्थानमा रहनुभयो ।
सातदोबाटोमा भएको प्रतियोगिताको एकल पुम्सेको २२-२५ वर्ष पुरुषमा लिजेन्ड्सका शिशिर श्रेष्ठ र महिलामा मूलपानीकी चन्दु शाही तथा पुरुष २५-३० वर्षमा प्रहरीका जितबहादुर बोटले स्वर्ण जित्नुभयो ।
ग्रुप पुम्सेको पुरुष १०-१२ वर्षमा लैनचौरका रोहन भुजेल, सुगम भुजेल र इराजसिंह ठकुरी, १२-१५ वर्षमा स्वयम्भूका त्रिजन चौधरी, समिर तामाङ र थुप्तेन तामाङ, १५-१८ वर्षमा गोदावरी फिट्नेसका सृजल श्रेष्ठ, सैरुस थापा र दीपक दुलाल, १८-२२ वर्षमा प्रहरीका कमल राना मगर, अस्मित राउत र राम गोले, २५-३० वर्षमा प्रहरीका प्रेमबहादुर लिम्बू, जितबहादुर बोट र अञ्जन चौधरी तथा ३० वर्षमाथि आर्मीका रेजिन रिमाल, रामकुमार पोखरेल र प्रवीण गुरुङ पहिलो हुनुभयो ।
ग्रुप पुम्सकै महिला १०-१२ वर्षमा गोदावरीका माधवी राई, इरेन महर्जन र प्रकृति प्रजा, १२-१५ वर्षमा स्वयम्भूका सुवानी तामाङ, तारा वाइबा र रमिला श्रेष्ठ, १५-१८ वर्षमा आर्मीका पूर्णिमा बस्नेत, स्मृति रेगामी मगर र दक्षिणा भुजेल तथा १८-२२ वर्षमा प्रहरीका जैनव खातुन, निशा दर्नाल र मोनिका रम्तेलले शीर्षस्थान हात पार्नुभयो ।
पेयर पुम्सेको १०-१२ वर्षमा न्यु जेनका सृष्टि स्याङ्बो र अद्भे बज्राचार्य, १८-२२ वर्षमा प्रहरीका अस्मित चन्द र निशा दर्नाल तथा २५-३० वर्षमा प्रहरीकी पार्वती गुरुङ र जितबहादुर बोटले स्वर्ण प्राप्त गर्नुभयो । दुईदिने प्रतियोगितामा विभाग, प्रदेश र जिल्लाका ७४३ खेलाडीले विभिन्न १४ विधामा प्रतिस्पर्धा गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच