कोटेश्वरका सागरलाई स्वर्ण

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आयोजक कोटेश्वर तेक्वान्दो डोजाङका सागर घिमिरेले काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्नुभएको छ । पेप्सीकोलास्थित आयोजक डोजाङकै हलमा भएको पुरुष ४८ केजीमुनि फाइनलमा सागरले आफ्नै डोजाङका निश्चल मगरलाई पराजित गर्नुभयो ।

पुरुष २५ केजीमुनि चन्द्रागिरिका संगम थापाले राष्ट्रिय विभूतिका युनिक रे, ४१ केजीमुनि बाँकेका सुदीप विकले चाँदनीका समिर गुरुङ, ४४ केजीमुनि नुवाकोटका अपिल लामाले भैरहवाका कुल्दिप गुप्ता, ३१ केजीमा चन्द्रागिरिका शिरिष नेगी लामाले चाँदनीका किरण तामाङ, ३८ केजीमुनि बाँकेका नवीन गौतमले धादिङका नवीन तामाङ तथा ५४ केजीमुनि स्युचाटारका सुजन श्रेष्ठले चाँदनीका नितेश चम्लागाईंलाई फाइनलमा हराउँदै पहिलो हुनुभयो ।

महिला २५ केजीमुनि विशंखुकी प्रिन्सा कार्कीले चाँदनीकी सहारा तामाङ, ४० केजीमुनि चाँदनीकी यशोदा नेपालीले चन्द्रागिरिकी सिमानी लामा, २८ केजीमुनि राष्ट्रिय विभूतिकी सिमरन लामाले नुवाकोटकी सुमित्रा तामाङ, ४३ केजीमुनि भैरुनकी सदिक्षा कार्कीले कोटेश्वरकी सविना घले, ४६ केजीमुनि कोटेश्वरकी इशिका राणाले नुवाकोटकी निर्मला तामाङ तथा ५७ केजीमुनि राष्ट्रिय विभूतिकी पुष्पा राखेल मगरले रत्ननगरकी रोजिना पौडेललाई पाखा लगाउँदै शीर्षस्थान हात पार्नुभयो ।

एकल पुम्सेतर्फ १२-१४ वर्षको पुरुषमा बागलुङका लभसन विक र महिलामा सतुंगलकी रोशनी दोङ, १५-१७ वर्षको पुरुषमा बर्दियाका निर्मल पुन मगर र महिलामा कोटेश्वरकी सन्ध्या लामा तथा १७ वर्षमाथि पुरुषमा युनिटीका हेमराज शाही र महिलामा स्युचाटारकी मोनिका मगरले स्वर्ण हात पार्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?