बेइजिङ । चीनमा सोमबारदेखि राष्ट्रिय ऊर्जा बचत सप्ताह सुरु भएको छ । ऊर्जाको महत्व, आवश्यकता, अवस्था र बचत गर्नुपर्ने कारणका बारेमा जानकारी दिन वार्षिक कार्यक्रम स्वरूप ऊर्जा सप्ताह सुरु गरिएको हो । राष्ट्रिय विकास तथा पुनर्संरचना आयोगले सप्ताहका क्रममा हरित जीवनशैली अपनाउन प्रेरित गरिने जनाएको छ ।
कोरोना भइरहेको महामारीका कारण यसवर्ष पनि यस अभियान अनलाइन माध्यमबाट बढी हुनेभएको छ । चीनमा अहिले पनि कोरोना भाइरसको महामारी चलिरहेको छ । त्यसैले कतिपय प्रतिबन्धात्मक व्यवस्था अझै पनि कायमै छ ।
सप्ताहको क्रममा ऊर्जासम्बन्धी प्रदर्शनी र नयाँ-नयाँ प्रविधि तथा उपायका बारेमा जानकारी पनि अनलाइनबाटै गराइने भएको छ । जुन १३ देखि सुरु भएको ऊर्जा बचत सप्ताह जुन १९ सम्म चल्नेछ । चीनमा सन् १९९१ देखि हरेक वर्ष ऊर्जा सप्ताह हुने गरेको छ । रासस÷सिन्हृवा ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम