एजेन्सी/बलिउड अभिनेता शक्ति कपुरका छोरा तथा अभिनेत्री श्रद्धा कपुरका भाइ सिद्धान्त कपुर लागूऔषध मुद्दामा पक्राउ पर्नुभएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार मेडिकल जाँच गर्दा उहाले लागुपदार्थ सेवन गरेको पुष्टि भएको हो । हाल उहालाई बेङ्गलुरूस्थित उलसुर पुलिस थानामा राखिएको छ ।
बेङ्गलुरू प्रहरीले एमजी रोडस्थित पार्क होटलको पबमा चलिरहेको पार्टीमा छापा मारेको थियो । पार्टीमा सिद्धान्तसहित ६ जना पक्राउ पर्नुभएको थियो । यस विषयमा शक्ति कपुरले भन्नुभएको छ, ‘म एउटा कुरा भन्न सक्छु कि यो सम्भव छैन ।’
‘सुटआउट एट वडाला’बाट चलचित्रमा डेब्यु गर्नुभएका सिद्धान्तले चलचित्र क्षेत्रमा खासै सफलता पाउन सक्नुभएन । उहाँले ‘भूल भुलैया, भाग भाग, चुप चुप के ढोल’ जस्ता चलचित्रमा सह–निर्देशनको काम गर्नुभएको छ । सिद्धान्त र श्रद्धाले एकसाथ चलचित्र ‘हसीना पार्कर’मा काम गर्नुभएका थियो । सिद्धान्त पछिल्लो समय फिल्म ‘चेहरे’मा देखिनु भएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका