काठमाडौं । रियल संगीतिक जोडी विशिष्ट गायिका कुन्ती मोक्तान र गायक शिलाबहादुर मोक्तानलाई अमेरिकामा सम्मन गरिएको छ । अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाले भर्जिनियामा आयोजना गरेको ‘कुन्ती मोक्तान सुमधुर साँझ’ कार्यक्रममा दुवैलाई सम्मान गरेको हो ।
अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाको अध्यक्ष एवं लोक तथा दोहोरी गायक रामप्रसाद खनाल, अभिनेत्री पूजा लामा, निर्देशकद्वय नवीन केसी, लुना श्रेष्ठ र मेरिल्याण्ड राज्यका डेलिगेट्स हृयारी भण्डारीलगायतले दुवैलाई सम्मान दिनुभयो । सो अवसरमा दुवैलाई मञ्चको मानार्थ सदस्यता प्रदान गरिएको थियो ।
कार्यक्रममा संगीतकार एवं गीतकारसमेत रहेका गायक शिलाबहादुर मोक्तानका दुई गीतको प्रस्तुतिपछि गायिका कुन्ती मोक्तानले करिब दर्जन लोकप्रिय गीत पस्किनु भएको थियो । कार्यक्रममा गायक गायिका मोक्तानद्वयले अमेरिकामा आफूहरू सम्मानित हुने अवसर प्राप्त गर्दा गौरवान्वित भएको बताउनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका