चलचित्र लेखनमा शिवमको व्यस्तता 

Read Time = 4 mins

काठमाडौं । नेपाली चलचित्र क्षेत्र जति विस्तृत हुँदै गएको छ यसमा संलग्न हुनेहरूको संख्या पनि बढ्दै गएको छ । कोरोना संक्रमण सुरु हुनुभन्दा अघि वर्षको एक सयभन्दा बढी चलचित्र निर्माण हुने गर्दथे । कोरोना संक्रमणले यस क्षेत्रलाई नराम्ररी गाज्यो । यतिबेला फेरि यो क्षेत्र जुमुराउने अवस्थामा देखिएको छ ।

यतिबेला निर्माता, कलाकारदेखि लिएर प्राविधि सबै यस क्षेत्रसँग रहेका सम्बन्धितको दिनचर्या बदलिन थालेको छ । यसैमा नेपाली चलचित्रमा सार्वाधिक सफल लेखकका रूपमा रहनुभएका शिवम् अधिकारीको पनि व्यस्तता बढ्न थालेको छ । ‘कोरोना संक्रमण कालमा केही सुस्तता थियो, फेरि बिजी सेडुअल छ’, उहाँले भन्नुभयो ।

नेपाली चलचित्रको विगतमा लेखकमा माइलष्टोनका रूपमा देखा पर्नुभएको अधिकारी यतिबेला पुनः व्यस्त हुनुभएको छ चलचित्र लेखनमा । विगत १३ वर्षदेखि निरन्तर चलचित्र लेखनमा योगदान दिइरहनुभएका नेपाली चलचित्रका सर्वाधिक सफल लेखक अधिकारीको पुनः व्यस्तता बढेको हो । लामो समयदेखि नेपाली चलचित्रमा एकक्षत्र राज गर्न सफल चलचित्र लेखक अधिकारीसँग आज पनि त्यही उत्साह, त्यही लगन र त्यही सफलता कायम छ । दर्जनौं चलचित्रबाट सफलता प्राप्त गरिसक्नुभएका अधिकारी नेपालका ठूला व्यानरका निर्माता निर्देशकको रोजाइका लेखक हुनुहुन्छ ।

चलचित्र शिलशिल, नैना रेशम, इकु, दशगजा, के म तिम्रो साथी बन्न सक्छु, काली, हवल्दार सुन्तली, होमवर्क, पञ्चायत, साङ्लो जस्ता थुप्रै चलचित्रमार्फत नेपाली दर्शकको मन जित्न सफल अधिकारी फेरि आधा दर्जनभन्दा बढी चलचित्रको लेखनमा रहेको बताउनुहुन्छ । कोरोना संक्रमणपछि फेरि नयाँ-नयाँ चलचित्रको निर्माण र घोषणासँगै अधिकारीको व्यस्तता बढेको छ । ‘मुस्कान’, ‘बडा दशैँ’, ‘म यस्तो गीत गाउँछु’, ‘कहाँ भेटिएला-२’, ‘चालीस कटेसी रमाउला’, ‘डाइमण्ड’, जस्ता चलचित्र उहाँका रहेका छन् भने ‘परदेशी-२’ दशैँको छेको पारेर आउँदै छ ।

यस्तै उहाँ निर्माताहरू राजेन्द्र उप्रेती, छविराज ओझा र रमित ढुंगानको नयाँ चलचित्र पनि लेखिरहेको बताउनुहुन्छ । नेपाली चलचित्र लेखनमा अधिकारी अब्बल हुनका साथै उहाँले लेखेका चलचित्रले व्यावसायिक सफलता हासिल गर्नुभएको छ । अधिकारीले लेखेका अधिकांश चलचित्रले सफलता प्राप्त गरेसँगै नयाँदेखि पुराना निर्माताको रोजाइमा पर्न सफल हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?