-शुभाकर विश्वकर्मा
कोहलपुर । कोहलपुर नगरपालिकाअन्तर्गत दर्जनौं स्वास्थ्यकर्मीहरूले ६ महिनादेखि तलब पाएका छैनन् । अन्तिमपटक गत माघ महिनामा तलब पाएका स्वास्थ्यकर्मीहरूले त्यसपछि भने तलब नपाएका हुन् ।
रझेना स्वास्थ्य चौकी वडा नम्बर ६ मा कार्यरत भुपेश कुमार खत्रीले ६ महिनादेखि तलब नपाएको बताउनुभयो । जन स्वास्थ्य अधिकृत (छैठौं) पदमा कार्यरत उहाँले पछिल्लोपटक माघ महिनामा तलब पाउनु भएको थियो । तर, अब कहिलेसम्म स्थानीय तहले तलब नदिने हो, थाहा छैन । उहाँले भन्नुभयो, ‘उधारोमा काम गरिरहेका छौँ । कहिले तलब पाइने हो थाहा छैन । घर व्यवहार उधारोमा कत्ति धान्नु । साहुले समेत पत्याउन छोडिसके ।’
खत्री जस्तै आधारभूत स्वास्थ्य सेवा केन्द्र, वडा नम्बर १३ का जन स्वास्थ्य निरिक्षक (छैठौ) प्रकाश विश्वकर्माले पनि तलब नपाएको ६ महिना पुग्न लागिसक्यो । उहाँ भन्नुहुन्छ, ‘महिना बित्यो । साल फेरियो । नयाँ वर्ष आयो, गयो । दैनिक खर्च व्यवस्थापन गर्न समेत समस्या भइसक्यो । तलब पाउने लक्षण देखिँदैन ।’६ महिनादेखि बिना तलब काम गर्नु परेको भन्दै आफूहरूमाथि स्थानीय सरकारले अन्याय गरेको उहाँको भनाइ छ ।
कोहलपुर नगरपालिकाअन्तर्गत १५ वटै वडामा कार्यरत ४० जना कर्मचारीहरूले २०७८ फागुन महिनादेखि तलब र भत्ता समेत पाएका छैनन् । लामो समय तलब नपाउनेमा स्वास्थ्य सेवा अन्तर्गतका २२ जना स्थायी कर्मचारी र १८ जना फाजिल–उनीहरू स्थायी हुन्, कोहलपुरमा दरबन्दी छैन, उनीहरूलाई सम्पूर्ण सेवा सुविधा दिने भन्दै नगरपालिकाले अन्यन्त्रबाट ल्याएको हो) कर्मचारी रहेका छन् ।
तलब नपाउने कोहलपुरका १५ वटै वडामा रहेका स्वास्थ्य संस्थामा कार्यरत (स्थायी) र केही करार कर्मचारी रहेका छन् । यता नगर स्वास्थ्य शाखामा कर्मचारीहरुले भने नियमित तलब पाइरहेका छन् । यस्तै कोहलपुर नगरपालिकाअन्तर्गत लेखा तथा प्रशासन र अन्य कर्मचारीहरुले समेत जेष्ठ महिनाको पनि तलब खाइसकेको पीडित स्वास्थ्यकर्मीहरू बताउँछन् ।
तलब नपाएको विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई गुहार्दा गुहार्र्दै थाकिसकेको खत्रीको भनाइ छ । फागुन महिनादेखि धेरैपटक हाकिमलाई तलब नपाउँदा समस्या भइरहेको सुनाउँदा समेत मागको सुनुवाई नभएको उनीहरूको दाबी छ । फागुन महिनादेखि नै व्यक्तिगत, सामुहिक, शाखागत रुपमा लेखा प्रमुख, हाकिम र मेयरसँग बस्दा समेत सुनुवाई नभएको उहाँले बताउनु भयो ।
यता कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालका अनुसार नगरपालिकामा स्वास्थ्यका स्थायी फाजिल कर्मचारी बढी भएका कारण तलब दिन समस्या भइरहेको छ । उहाँले कर्मचारी बढी हुँदा खर्च व्यवस्थान गर्न समस्या भएको उहाँले बताउनुभयो । स्वास्थ्य मन्त्रालयसँग तलब माग गरिएको र केही पठाइदिएको भएपनि नपुग रहेको ढकाल बताउनुहुन्छ । उहाँले ८० लाख रुपैयाँ रहेको बताउनु भएको छ । अब केही दिनमा तलब वितरण गरिने उहाँको भनाइ छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका