सूर्या लाइफको बिजनेस बिल्डिङ सेमिनार

Read Time = 2 mins

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले बागमती प्रदेशस्तरीय बिजनेस बिल्डिङ सेमिनार आयोजना गरेको छ । बागमती प्रदेश प्रमुख सुशील चापागाईंको सभापतित्वमा आयोजित कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले गर्नुभएको थियो ।

सो अवसरमा कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकाल, कामु सहायक महाप्रबन्धक मेघेन्द्र प्रकाश गिरी, ट्रेनिङ प्रमुख प्रमोद सापकोटालगायत पेशागत अभिकर्ता संघका अध्यक्ष रामबहादुर तामाङको उपस्थिति रहेको थियो ।

तीन सयभन्दा बढी अभिकर्ताको सहभागिता रहेको कार्यक्रममा बागमती प्रदेशअन्तर्गत आफ्नो व्यक्तिगत कोडमा अधिकतम बिमा शुल्क हासिल गर्न सफल २५ जना अभिकर्ताहरूलाई सम्मान गरिएको थियो । साथै देशैभरिबाट वैशाखको स्किममा पर्न सफल अभिकर्ताबाट लक्की ड्र गरी तीन भाग्यशालीलाई पुरस्कृतसमेत गरिएको थियो ।

लक्की ड्रमा भैरहवा शाखाबाट शोभा जिसीले प्रथम पुरस्कार ल्यापटप, दमक शाखाबाट नितु गौतमले द्वितीय पुरस्कार ट्याब्लेट, वालिङ शाखाबाट रञ्जिता बुढाथोकीले तृतीय पुरस्कार मोबाइल प्राप्त गर्नुभएको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?