विश्वविजेता फ्रान्स क्रोयसियासँग पराजित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । यूइएफए नेसन्स लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा विश्वविजेता फ्रान्स क्रोयसियासँग १–० अन्तरले पराजित भएको छ ।

पेरिसमा भएको खेलमा घरेलु टोली फ्रान्स पाएका अवसर गुमाउँदा शीर्षस्थानमा उक्लने अवसर गुमायो । भ्रमणकारी टोली क्रोयसियाको जितमा लुका मोड्रिकले पाँचौ मिनेटमा गरेका पेनाल्टी गोल नै निर्णायक भयो ।

यससँगै प्रतियोगितामा फ्रान्सले आफ्नो खराब प्रदर्शन जारी राखेको छ । उसले ४ खेल खेल्दा जम्मा दुई अंक जोडेको छ र पुछारमा छ । क्रोयसिया भने ४ खेलबाट सात अंक जोड्दै दोस्रो स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?