अष्ट्रेलिया बन्यो कतार विश्वकपमा छनोट हुने ३१औं टोली

हिमालय टाइम्स
Read Time = 2 mins

दोहा ।  दक्षिण अमेरिकी प्रतिद्वन्द्वी पेरूलाई पराजित गर्दै अष्ट्रेलिया फिफा कतार विश्वकप २०२२ मा छनोट भएको छ।

कतारको दोहास्थित अहमेद विन अली स्टेडियममा सोमबार राति भएको कन्टिनेन्टल प्लेअफको फाइनलमा पेरूलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै अष्ट्रेलिया २००६ पछि लगातार पाँचौ पटक विश्वकपमा छनोट हुन सफल भएको हो।

सोमबार राति भएको खेलमा निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । जहाँ एसियाली पावर हाउस अष्ट्रेलियाले अन्तरमहादेशिय छनोटमा पेरुलाई पराजित गरेको हो । पेनाल्टी समेत ४–४ को बराबरी भएपछि खेलको नतिजा सडन डेथमा भएको थियो ।

जहाँ अष्ट्रेलियाका भेट्रान गोलरक्षक आन्द्रे रेडमायने नायक बने । ३३ बर्षीय खेलाडीले पेरुका एलेक्स भालेराको पेनाल्टी बचाए ।

यससँगै एसियाबाट जापान, साउदी अरविया, दक्षिण कोरिया, इरान, अष्ट्रेलिया र कतार गरि ६ टिमले विश्वकपमा सहभागीता जनाउने भएका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?