रौतहटस्थित सेफ नेपालका अध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटस्थित सेफ नेपालका अध्यक्ष रामनरेश राय यादवविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ।

नक्कली बिल भरपाई बनाएर एक लाख ७२ हजार २४० रूपैयाँ सरकारी सम्पत्ति बदनियतपूर्वक हिनामिना गरेको भन्दै आयोगले अध्यक्ष यादवविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

ADVERTISEMENT

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनले संस्थामार्फत सञ्चालित महिला जनचेतना कार्यक्रमअन्तर्गत गढीमाई नगरपालिकाले जिम्मेवारी तोकी सम्झौता गरेर कार्यादेश एवं अनुदानसमेत दिएको रकम हिनामिना गरेका हुन्।

सरकारी सम्पत्ति बदनियतपूर्वक हिनामिना गरी हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकाले निज रामनरेश राय यादवउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम ऐ. ऐनको दफा ३(१) र दफा ३)१) को देहाय (घ) बमोजिम कैद र विगोबमोजिमको जरिवानाको मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?