बागमती प्रदेश सभा बैठकमा आज ६ कार्यसूची

हिमालय टाइम्स
Read Time = 2 mins

हेटौंडा । बागमती प्रदेशसभा बैठक आज बस्दैछ। प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्नु एकदिन अघि प्रदेशसभा बैठक बस्न लागेको हो।

दिउँसो २ बजे बस्ने बैठकको लागि ६ वटा कार्यसूची रहेको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । यस्तै प्रदेश सभामा बैठकमा पाँच वटा प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ।

बैठकमा मूख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुहुनेछ । यस्तै प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका सभापति नारायणबहादुर सिलवाल, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति केशवप्रसाद पोखरेल र उद्योग पर्यटन तथा वातावरण समितिकी सभापति रमा आलेले वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ।

यसैगरी आजकै बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ । बागमती प्रदेश सरकारले भोलि बजेट सार्वजनिक गर्दैछ।

भोलि १ असारको अपरान्ह ४ बजे प्रदेश सभा बैठकमा बजेट पेश हुने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गरेको छ।

बागमती प्रदेश सभाले १९ गतेमा आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम पास गरेको थियो। उक्त नीति तथा कार्यक्रमलाई पुरापूर सम्बोधन गर्ने गरी बजेट ल्याइने तयारी भएको प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?