काठमाडौं । काठमाडौंको बौद्धमा एक महिला सामूहिक बलात्कारको सिकार भएकी छिन् । बौद्धस्थित एक होटलमा आइतबार राति आफूमाथि सामूहिक बलात्कार भएको भन्दै पीडित महिलाले प्रहरीमा जाहेरी दिएपछि घटना सार्वजिनक भएको हो ।
ती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले होटल सञ्चालसहित चार जनालाई पक्राउ गरेको छ ।
होटल सञ्चालकलाई मतियार र बाँकी तीन जनालाई बलात्कार कसूरमा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी सुदीप गिरीले बताउनुभयो ।
पक्राउ पर्नेमा काठमाडौं घर भएका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-२ का २२ वर्षीय रिन्जेन शेर्पा र सर्लाही घर भएका ३४ वर्षीय उत्तम लामा छन्।
यस्तै लुङ्ता गेस्ट हाउसका सञ्चालक सिन्धुपाल्चोक भोटेकोसी घर भएका ३४ वर्षीय झ्याम्पा ढिल्ले शेर्फा उर्फ आङनिमा पनि छन् । प्रहरीले आरोपीहरूमाथि जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान अघि बढाएको जनाएको छ।
पीडितको मेडिकल जाँच लगायतका काम भइसकेको एसएसपी गिरीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच