विपद् रोकथामका लागि जुम्लामा पुर्वाभ्यास

हिमालय टाइम्स
Read Time = 2 mins

-विजय रावत

जुम्ला । हिमाली जिल्ला जुम्लामा विपद्का घटना घट्ने याम सुरुभए संगै चन्दननाथ नगरपालिकामा विपद्‌बाट जोगिनका लागि पूर्वतयारीको व्यावहारिक अभ्यास गरिएको छ ।

सुरक्षाकर्मीहरूले बाढीपहिरो आएको बेला बच्ने, भिरबाट लड्दा उद्धार गर्नेदेखि ग्यास सिलिन्डरमा आगो लाग्दा निभाउने तरिकाहरूसम्म प्रदर्शन गरेको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा चन्दननाथ नगरपालिका– १ स्थित तिला नदी र आसपासको भिरमा व्यावहारिक अभ्यास गरेको प्रशासनले जनाएको छ ।

जिल्ला सुरक्षा समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी प्रसाईंले विपद् र प्रकोपका घटना हुन नदिन र भइहालेमा जोगिनका लागि व्यावहारिक अभ्यास गरेर सिकाइएको बताउनुभयो ।

विपद् एक्कासी आइपर्ने भएकाले पूर्व सावधानीका विषयमा सबै चनाखो बन्नु पर्ने देखिन्छ । जिल्ला पनि विपद् प्रकोपको उच्च जोखिममा छ ।

जुनसुकै समयमा विपद् आइपर्न सक्छ । समुदायस्तरमा व्यावहारिक अभ्यास गराएर सिमुलेसन गराउँदा आफैं पनि गर्न सकिने अवस्था रहन्छ । सुरक्षाकर्मीले भिरबाट खसेको व्यक्तिलाई डोरीको माध्यमबाट उद्धार गर्नेदेखी नदीमा बगेको वस्तुलाई डोरी लगाएर बाहिर निकालेको र ग्यासमा लागेको आगो निभाएको बारेमा व्यावहारिक अभ्यास गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?