धादिङमा बस र ट्याक्सी ठोक्किँयो, चार जना घाइते

हिमालय टाइम्स
Read Time = 1 min

थाक्रे । धादिङको थाक्रेमा बस र ट्याक्सी आपसमा ठोक्किँदा चार जना घाइते भएका छन्। काकड्भित्ताबाट काठमाडौं आउँदै गरेको बस र काठमाडौंबाट मनकामना जाँदै गरेको ट्याक्सी आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा टयाक्सीमा सवार चार जना घाइने भएका हुन् । उनीहरूको गल्छिस्थित अम्बिभरोसा हस्पिटलमा सामान्य उपचार पछि काठमाडौं लगिएको छ।

बसले ओभरट्याक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। बसलाई सिम्ले चौकीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?