केन्पो खुकुरीको राष्ट्रिय प्रतियोगिता हुने

Read Time = 2 mins

काठमाडौं । केन्पो खुुकुरी मार्सल आर्टस्को राष्ट्रिय प्रतियोगिता आगामी असोज २ र ३ गते काठमाडौंमा आयोजना हुने भएको छ ।

नेपाल केन्पो खुकुरी मार्सल आर्टस् संघको हालै चितवनको सौरहामा सम्पन्न विस्तारित बैठकले प्रतियोगिता काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेले हिमालय टाइम्सलाई बताउनुभयो ।

साथै बैठकले संघको रिक्त उपाध्यक्ष पदमा मधेश प्रदेशबाट मानदेव हजारालाई नियुक्त गर्ने निर्णय गरेको छ भने चुडादेव सिंहलाई संघको प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ ।

२०७४ सालमा स्थापना भएको नेपाल केन्पो खुकुरी आर्टस संघले छोटो समयमै आक्रामकरुपमा संगठन विस्तार गरेको छ । संघले झण्डै छ वर्ष अवधिमा ७७ वटै जिल्लामा संघको संजाल विस्तार गरेको छ भने तीनसयभन्दा बढी डोजो संचालनमा रहेका छन् । अध्यक्ष पाण्डेका अनुसार हाल केन्पो खुकुरी मार्सल आर्टसका तीन लाख खेलाडी रहेका छन् भने कभर्ड हलसमेत निर्माण गर्ने संघको तयारी छ ।

मार्सल आर्टस्मा पाण्डेको उच्च सक्रियताको उच्च कदर गर्दै युनिभर्सिटी वल्र्ड कमव्याट मार्सल आर्ट्स कलेजले मानार्थ पिएचडी उपाधिबाट सम्मान गरेको थियो । पाण्डे खेलकुदका साथै राजनीति र समाजसेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. धन्यवाद हिमालय टाम्सलाइ

रिलेटेड न्युज

छुटाउनुभयो कि ?