प्रदेश राज्यमन्त्री बिमला वलीलाई किन लियो प्रहरीले नियन्त्रणमा ?

Read Time = 3 mins

दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री बिमला वलीलाई प्रहरीले पक्राउ गरेको छ । एक महिलामाथि कुटपिट गरेको भन्दै राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक रञ्जन स्वाँरले जानकारी दिनुभयो ।

राज्यमन्त्री वलीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का एकराज बस्नेतकी श्रीमती मिना भण्डारीलाई कुटपिट गरेको आरोप छ । बस्नेतको घरमै पुगेर उहाँले श्रीमती मिनालाई कुटपिट गरेपछि बिवाद भएको थियो।

राज्यमन्त्री वलीले आफ्नो घरमा आएर आफ्नो श्रीमानलाई मेरो पाोइ खोइ ? भन्दै घरभित्र आएर आफूलाई कुटपिट गरेको पीडित महिलाले बताएकी छन । बिमलाले एकराज बस्नेतलाई आफ्नो पोइ भन्दै बस्नेतकी पत्नी र छोरीलाई कुटपिट गरेको स्थानीयको भनाइ छ ।

लगत्तै प्रहरी घटनास्थलमा पुगेर राज्यमन्त्री वलीलाई नियनत्रणमा लिएको थियो। ‘राज्य मन्त्री ज्यूले एकराज बस्नेतकी श्रीमती मिना भण्डारीलाई कुटपिट गरेपछि त्यहाँ बिवाद भयो,’ प्रहरी निरीक्षक स्वाँरले भन्नुभयो ‘अनि हामी त्यहाँ पुगेर राज्यमन्त्रीलाई लिएर आयौँ।’ उहाँका अनुसार राज्यमन्त्री वलीले किन कुटपिट गरेको भन्ने बारे एकिन खुलिनसकेको र राज्यमन्त्री ओेलीसंग सोधपुछ भइरहेको प्रहरी निरिक्षक स्वाँरले जानकारी दिनुभयो ।

मीनाका अनुसार राज्यमन्त्री बिमला आज बिहान करिब ८ बजेतिर एक्कासी घरमा आएर ‘च्यानल गेटमा हान्दै ढोका खोल! ढोका खोल ! भन्दै भित्र पसेको र मीना र तीन वर्षकी छोरीलाई कुटपिट गरेको मीनाको आरोप छ ।

केही अघि बिमला र मीनाका श्रीमान् एकराजबीच 'प्रेम सम्बन्ध' रहेको बाहिरिएको थियो।  गत वर्ष भदौमा एकराजको फेसबुक स्टोरीमा शेयर भएको फोटोका कारण साे घटना चर्चामा आएकाे थियो । अन्तत: वलीले तस्वीर एडिट गरिएको र एकराज आफ्नो भाइ पर्ने दावी गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?