केपी ओलीकी छोरीलाई अध्ययन खर्च अभाव

Read Time = 2 mins

मुगु । मुगुको मुगूम कार्मारोङ गाउँपालिका–८ मांग्रीमा रहेकी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व लिएको ठिल्लेसाङ्मु लामाको अध्ययनमा भएको खर्च अभाव अझै टरेको छैन ।

१ वैशाख २०७५ मा कर्णाली रारा पर्यटन महोत्सव उद्घाटन गर्दै लामाको अभिभावकत्व ग्रहण गर्नुभएका तत्कालीन प्रधानमन्त्री ओलीले अध्ययन, गाँस, बास, कपासमा आर्थिक सहयोग नगर्दा छोरीका पढाइमा समस्या आएको आमा छिचु लामाले जानकारी दिनुभयो ।

ओलीले अभिभावकत्व ग्रहण गरेपछि लामालाई ओलीको छोरी भनेर गाउँमा बोलाउन थालिए पनि उनको दैनिकीमा भने कुनै फेरबदल आएको छैन । अभिभावकत्व ग्रहण गरेपछि अध्यक्ष ओलीले तीन पटक १० –१० हजार नगद र एक पटक लत्ता कपडा मात्र सहयोग गरेको छिचुले बताउनु भयो ।

ठिल्लेसाङ्मु अहिले बुद्ध माध्यमिक विद्यालयको कक्षा ४ मा अध्ययनरत छिन् । अध्ययनमा तीक्क्ष रहेपनि आर्थिक समस्याले गर्दा ठिल्लेसाङ्मुलाई पठनपाठनमा कापी, कलम, डे«स अभाव रहेको प्रधानाध्यापक टीकाप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

उनलाई अध्ययनका लागि आवश्यक सामग्री र खर्च जुटाउन सक्ने पारिवारिक व्यक्ति नभएकाले अध्यक्ष ओलीले उनको अभिभावकत्व ग्रहण गर्नुभएको थियो। ठिल्लेसाङ्मुको बुबाको मृत्यु भइसकेको छ ।

-खड्क सुनार/न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?