राज्यमन्त्री विमलाविरुद्ध मीनाको उजुरी: ‘तेरो श्रीमान होइन, मेरो हो, तुरुन्तै निकाल्’

Read Time = 6 mins

-विवेक खड्का
दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीबिरुद्ध ईलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेको छ । विमलाले घरको बेडरुममै गएर आफू र छोरीलाई कुटपीट गरेको भन्दै मिना भण्डारी बस्नेतले ईप्रका तुलसीपुरमा किटानी जाहेरी दिनुभएको छ । ईप्रका तुलसीपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक रञ्जन स्वाँरले स्वास्थ्य राज्यमन्त्रीबिरुद्ध किटानी जाहेरी आएको पुष्टि गर्नुभएको छ । राज्यमन्त्रीविरुद्ध किटानी जाहेरी हामीकहाँ आएको छ’, स्वाँरले भन्नुभयो, ‘जिल्लाको आदेशअनुसार किटानी जाहेरी जिप्रका पठाउँदैछौँ ।’ ‘राज्यमन्त्रीज्यूविरुद्धको जाहेरी जिप्रकामा दर्ता गर्छौ,’ एसपी काफ्ले भन्नुभयो,

के छ जाहेरीमा ?
मीनाले विमलाविरुद्ध अभद्र व्यवहारमा जाहेरी दिनुभएको छ । विमला बिहान ८ः४५ बजे आफ्नो घरमा आएर ढोकामा हानेपछि आफूले गेट खोलिदिएको जाहेरीमा छ । त्यसपछि घरभित्र पसेर एकराजको खोजी गरेपछि आफूले मेरो श्रीमान घर हुनुहुन्न भन्दा विमलाले ‘तेरो श्रीमान होइन मेरो श्रीमान हो, तुरुन्तै निकाल’ भन्दै आफूमाथि हमला गरेको मीनाले प्रहरीमा दिएको जाहेरीमा छ । त्यस क्रममा आफ्नो कपाल लुछेर लडाई लात्ती र मुड्कीले हानेको जाहेरीमा छ । छुट्याउन आउँदा ६ वर्षकी छोरीलाई समेत हातपात गरेको जाहेरीमा उल्लेख छ ।

प्रदर्शन गर्दै कारबाहीको माग गरेपछि वलीलाई घोराही सारियोे

अर्काको घरमा घुसेर महिला तथा बालिकामाथि कुटपिट गरेपछि प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वलीलाई घोराही सारिएको छ । उहाँलाई जिप्रकामा राखिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुर अगाडि महिलाले राज्य मन्त्री वलीका बिरुद्ध पर्दशन गर्दै कारबाहीको माग गरेपछि मध्यान्ह प्रहरीले राज्य मन्त्री वलीलाई जिल्ला प्रहरी कार्यालय घोराहीमा लगेको हो ।

राज्यमन्त्री वलीले तुलसीपुर– ५ स्थित एकराज बस्नेतको घर भित्र पसेर मंगलबार बिहान मिना भण्डारी र उहाँकी अढाई बर्षीया छोरीमाथि कुटपिट गरेको आरोप लागे पछि वलीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि अनाहकमा अर्काको घरमा पसेर महिला तथा बालबालिकामाथि कुटपिट गर्ने राज्य मन्त्रीलाई काबारहीको माग गर्दै स्थानीय महिलाहरुले इप्रका अगाडि नाराबाजी र प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा उत्रिएका महिलाहरुले राज्यमन्त्री वली मुर्दाबाद, दोषी राज्यमन्त्री वलीलाई कारबाही गर भन्ने जस्ता नाराबाजी गरेका थिए । ईप्रकामा दुबै पक्षलाई राखेर छलफल गराउने प्रयास प्रहरीले गरेपनि त्यो संभव हुन नसकेपछि घोराही तर्फ लगिएको एक प्रहरी अधिकारीले बताए ।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले घटनाको अनुसन्धान भइरहेकाले थप कुरा अनुसन्धानपछि मात्रै खुल्ने बताउनुभयो । एसपी काफ्लेले मन्त्री विरुद्ध कुन मुद्दा दर्ता गर्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले स्वास्थ्य राज्यमन्त्री विमला वली पक्राउ परेको विषयमा अध्ययन गर्ने बताउनुभएको छ । उहाँले मन्त्री वली पक्राउ परेको विषयमा अनौपचारिक सुने पनि आधिकारिक जानकारी अहिलेसम्म सरकारलाई नआएको प्रतिक्रिया दिनुभयो ।

नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तर कुमार वलीको दुर्घटनामा मृत्युपछि तत्कालीन नेकपाबाट श्रीमती विमला वली सांसद निर्वाचित हुनुभएको थियो । नेकपा विभाजनपछि उहाँ एमाले संसदीय दलको बैठकमा सहभागी भए पनि सरकार परिवर्तनका बेला माओवादीतिर लागेकी लाग्नुभएको थियो । एमालेले उहाँलाई कारवाही गरी प्रदेशसभा सदस्यबाट निस्कासनको सूचना सभामुखलाई दिए पनि उहाँलाई कारवाही नभए पछी अहिले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?