क्यानमाथि आइसिसीको ‘कन्ट्रोल फन्डिङ’ हट्यो

Read Time = 1 min

काठमाडौं । विश्व क्रिकेटको सर्वोच्च निकाय आइसिसीले नेपाल क्रिकेट संघ ९क्यान० माथि लगाको ‘कन्ट्रोल फन्डिङ’ फुकुवा गरेको छ ।

क्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै आइसिसीले ‘कन्ट्रोल फन्डिङ’ बाट नेपाललाई फुकुवा गरेको जनाएको हो ।

यसअघि २०७६ असोज ११ र १२ गते काठमाडौंमा सम्पन्न विशेष साधारण सभामार्फत नयाँ कार्यसमिति आइसकेपछि क्यानमाथिको निलम्बन फुकुवा गरेको थियो । तर, त्यसबेला आइसिसीले क्यानलाई ‘कन्ट्रोल फन्डिङ’ मा राखेको थियो ।

निलम्बन फुकुवादेखि कार्यसमितिको उत्कृष्ट कार्यसम्पादनको मुल्यांकन गर्दै क्यानले ‘कन्ट्रोल फन्डिङ’ हटाएको क्यानले जनाएको छ ।

‘कन्ट्रोल फन्डिङ’ पूर्णरुपमा हटेसँगै नेपालले अबदेखि एकदिवसीय मान्यताप्राप्त अन्य एसोसियट देशहरुसरह आर्थिक अनुदा र गतिविधि गर्न पाउने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?