गणित विषयको ‘हाउगुजी’ समाधान गर्न इलाममा सम्मेलन

Read Time = 3 mins

-प्रकाश नेपाल
इलाम । घरायशी व्यवहारदेखि जीवनका हरेक पलमा प्रयोगमा आउने विषय हो गणित । खोज अनुसन्धानदेखि विज्ञान, ज्योतिषलगायत क्षेत्रमा पनि गणितको महत्व उस्तै छ । गणित विषयमा स्नातक भन्दा माथि अध्ययन गरेकाहरु विरलै मात्र वेरोजगार भेटिन्छन् । तर पछिल्लो समय गणितको अध्ययन गर्नेहरु घट्दै गएको र यसलाई गलत व्याख्या गरिएको भन्दै सरोकारवालाहरु चिन्तित बनेका छन् ।

गणित विषयको ‘हाउगुजी’ समाधान गर्ने उदेश्यले नेपाल गणित समाजले कार्यशाला र सम्मेलन नै आयोजना गरेर भ्रम चिर्ने प्रयास गरेको छ । गणित विषयको पठनपाठन प्रभावकारी बनाउन अनुसन्धानात्मक विचार, विमर्श र बहस आवश्यक भएको भन्दै इलाममा भएको सम्मेलनमा डेढ सय धेरै गणित विज्ञ इलाममा जम्मा भएका थिए ।

गणितलाई जटिल विषयका रूपमा लिनुमा नीति निर्माता, शिक्षक, विषयविज्ञ, पाठ्यक्रम निर्माताकै कम्जोरी रहेको सहभागिको धारणा छ । गणित संसारभर एउटै विज्ञानमा आधारित हुने भएकाले यो विषय गाह्रो नभएको तर पढाउने, सिकाउने, पाठ्यक्रम बनाउनेलगायत काममा अनुसन्धान नहु“दा जटिलजस्तो भएको सरोकारवाला वताउछन् । यस्तै भ्रमले भविश्यमा गणित पढ्ने नै पो कोहि नहुने हो कि भन्ने चिन्ता रहेको अमेरिकाको जोर्जिया राज्यस्थित मर्सल युनिभर्सिटीका सहप्राध्यापक केदार नेपाल बताउनुहुन्छ ।

गणित विषय सम्वन्धि हुने कार्यशाला र सम्मेलन सिकाई प्रकृयामा सहजता थपेको शिक्षकहरु वताउछन् । जेठ १४ देखि १८ सम्म गणित विषयको अनलाइन गोष्ठी तथा ३ दिनसम्म प्रत्यक्षरुपमा इलाममा कक्षा ११ र १२ को गणित विषयको क्षमता अभिवृद्धिका लागि कार्यशाला आयोजना गरिएको थियो । विद्यालय तहमा घटिरहेको गणितका विद्यार्थीको संख्या बढाउन तथा गणितमा बढी विद्यार्थी अनुत्तीर्ण हुनेगरेको अवस्था सुधार्न सरोकारवाला सवै पक्ष जिम्मेवार बन्नु पर्ने देखिन्छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?