टेनिसमा नेपाल पराजित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल आइटिएफ एसिया यु-१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा सोमबार पराजित भएको छ । ब्वाइज/गल्र्स दुवै टोली पराजित भए । ब्वाइजमा श्रीलंकाले नेपाललाई ३-० ले पराजित गर्‍यो । सिंगल्समा मयुरनले आद्रित नेपाललाई ६-० र ६-२ तथा सोमरत्नले वृजेश अर्याललाई ६-४ र ६-४ को सोझो सेटमा पराजित गर्नुभयो । डबल्समा मयुरन र मुथुथन्थ्रीको जोडीले वृजेश र असभसम्राट हाडाको जोडीलाई ६-२ र ६-२ को सिधा सेटमा हराउनुभयो । ब्वाइजमै बंगलादेशले माल्दिभ्स तथा भारतले भुटानलाई समान ३-० को नतिजामा पन्छायो ।

नेपाल टेनिस संघको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइरहेको प्रतियोगिताको गल्र्समा माल्दिभ्सले नेपाललाई २-१ ले निराश पार्‍यो । पहिलो सिंगल्समा प्राज्ना मानन्धरले कलिमलाई ६-१ र ६-२ को सोझो सेटमा पाखा लगाउनुभयो । अर्कोमा निशानले शिभाली गुरुङलाई ६-१, ३-६ र ६-४ ले पराजित गर्दै खेललाई १-१ को बराबरीमा ल्याउनुभयो । निर्णायक डबल्समा निशान र अलीको जोडीले शिभाली र प्राज्नाको जोडीलाई ६-० र ६-२ ले पाखा लगाउँदै जित सुनिश्चित गर्नुभयो । अन्य खेलमा श्रीलंकाले बंगलादेश तथा भारतले भुटानलाई समान ३-० ले हरायो ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहेको छ । पाकिस्तानबाहेक सबैले समान तीन-तीन ब्वाइज/गल्र्स खेलाडीलाई सहभागी गराएका छन् । पाकिस्तानबाट भने तीन ब्वाइज खेलाडीमात्र सहभागी छन् ।

नेपालले तेस्रोपटक प्रतियोगिता आयोजना गरेको हो । ब्वाइज/गल्र्समा पहिलो र दोस्रो हुने राष्ट्रले काजकिस्तानमा हुने फाइनल प्रतियोगितामा सहभागिताको अवसर पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?