एन्जल्स हार्टका दुवै टोली सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एन्जल्स हार्टका दुवै टोली पाँचौँ बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । एन्जल्स हार्टका सिनियर र जुनियर ब्वाइज टोली सेमिफाइनलमा पुगेका हुन् ।

वसुन्धारास्थित श्रीसमाज सामुदायिक भवनको कोर्टमा भएको सिनियर ब्वाइजको क्वाटरफाइनलमा एन्जल्स हार्टले स्किब्सलाई ३७-३२ ले पराजित गर्‍यो । एन्जल्स हार्टका लिजेन्ड क्षेत्रीले १६ अंक जोड्नुभयो ।

जुनियर ब्वाइजमा एन्जल्स हार्टले ओडिसीलाई १४-४ ले हरायो । विजेताका प्रतीक कँडेलले ६ स्कोर गर्नुभयो । त्यसै स्पर्धामा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई १५-११ ले पाखा लगायो । ग्रिनल्यान्डका कुशल खतिवडाले ६ अंक जोड्नुभयो । सेमिफाइनलमा एन्जल्स हार्टको भेट स्काइलार्कसँग हुनेछ भने ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी (इबिए) विरुद्ध खेल्नेछ ।

सिनियर ब्वाइजमै एचएचसिए, भ्याली पब्लिक र ग्रिनल्यान्ड पनि सेमिफाइनलमा पुग्न सफल भए । एचएचसिएले लालीगुराँसलाई २६-२२, भ्याली पब्लिकले गोल्डेनपिकलाई ३६-२९ र ग्रिनल्यान्डले आयोजक वसुन्धारा नेसनल एकेडेमी (बिएनए) लाई ४७-४४ ले पन्छाए । सेमिफाइनल खेल एन्जल्स हार्ट र भ्याली पब्लिक तथा एचएचसिए र ग्रिनल्यान्डबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?