अस्ट्रेलिया विश्वकपमा छनोट

हिमालय टाइम्स
Read Time = 4 mins

क्यानबेरा । एसियाली राष्ट्र अस्ट्रेलिया फिफा विश्वकप २०२२ मा छनोट भएको छ । कन्टिनेन्टल प्ले अफको फाइनलमा पेरुलाई सडनडेथमा पाँच–चारले पराजित गर्दै अस्ट्रेलिया २००६ पछि लगातार पाँचौँ पटक विश्वकपमा छनोट हुन सफल भएको हो ।

निर्धारित र थप गरिएको अतिरिक्त समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । जसमा सब्सिच्युट गोलरक्षक एन्ड्रिउ रेडमेन नायक बन्नुभयो । उहाँले सडनडेथको अन्तिम पेनाल्टी बचाउनुभएको थियो । टाइब्रेकरमा अस्ट्रेलियाका आरोन मोए, क्रेइग गुडविन, एज्दिन रुस्टिक, जेमी माकलरेन र एवेर मविलले गोल गर्नुभयो । अस्ट्रेलियाका मार्टिन बोएलले सुरुवाती पेनाल्टीमा गोल गर्न सक्नुभएन ।

पेरुका जियानलुका लापाडुला, एलेक्सान्डर कालेन्स, रेनाटो तापिया र इडिसन फ्लोरेसले गोल गर्न सफल हुँदा लुइस इडभिनकुलाले गोल गर्न नसक्दा एलेक्स भालेराको पेनाल्टीलाई गोलरक्षक एन्ड्रिउ रेडमेनले बचाउनुभएको थियो ।

अस्ट्रेलिया कतार विश्वकपमा छनोट हुने ३१औँ टोली बनेको छ । अब कोस्टारिका र न्युजिल्यान्डमध्येबाट एक टोलीले विश्वकपमा स्थान बनाउनेछ । त्यसपछि विश्वकपमा छनोट हुने सबै ३२ राष्ट्रको टुंगो लाग्नेछ ।

यस्तै अर्को खेलमा क्रोएसियाले विश्व तथा नेसन्स लिग विजेता फ्रान्सलाई १-० गोलअन्तरले पराजित ग¥यो । क्रोएसियाको जितमा लुका मोड्रिचले निर्णायक गोल गर्नुभयो । मोड्रिचले पाँचौँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्नुभएको थियो । क्रोएसियाले फ्रान्सलाई १०औँ खेलमा हराएको हो । यसअघिको नौ भेटमा ६ खेलमा हार बेहोर्दा तीन खेल बराबरीमा सकिएको थियो ।

यो हारसँगै साबिकको विजेता फ्रान्स नेसन्स लिगको अन्तिम चारका लागि छनोट हुन असफल भएको छ । फ्रान्स नेसन्स लिग ‘ए’ ग्रुप एकमा जितविहीन बन्दै छनोट हुन असफल भएको हो । फ्रान्सले दुईमा हार र दुईमा बराबरी खेल्दै समूहमा दुई अंक जोडेर पुछारमा रहेको छ । टोली शीर्षस्थानको डेनमार्कसँग सात तथा दोस्रो स्थानको क्रोएसियासँग पाँच अंकले पछि परेको छ ।

यो जितपछि क्रोएसियाको चार खेलबाट सात अंक पुगेको छ । पराजित फ्रान्स दुई अंक जोडेर पुछारमा रहेको छ । डेनमार्क नौ अंक जोडेर शीर्षस्थानमा रहँदा अस्ट्रिया चार अंक जोडेर तेस्रो स्थानमा रहेको छ । अब समूह चरणमा दुई खेल बाँकी रहँदा फ्रान्सलाई रेलिगेसनको डर बढेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?