एनएसएल भदौ २५ देखि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) भदौ २५ गतेबाट हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) गर्न आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) लाई अनुमति दिएसँगै उक्त मितिमा प्रतियोगिता आयोजना हुने भएको छ ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले एनएसएल आयोजकलाई पत्राचार गर्दै दोस्रो संस्करणको एनएसएल नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले मागेकै मिति अर्थात् भदौ २५ देखि कात्तिक ५ गतेसम्म एनएसएल गर्न अनुमति दिएको हो ।

एनएसएलमा यसपटक १० टोलीको सहभागिता रहनेछ । विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी रहेका छन् । स्पोर्टिङ इलाम दी मेची, वीरगञ्ज युनाइटेड र झापा फुटबल क्लब भने दोस्रो संस्करणदेखिका नयाँ टोली हुन् ।

आफ्ना खेलाडी क्लबको स्वीकृतिबिना अक्सनबाट लिनु उपयुक्त नभएको भन्दै चार ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी), मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब र संकटा क्लबले असन्तुष्टि जनाएपछि यसअघि एनएसएलको आयोजना मिति रोकिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?