अफागानिस्तानमा ७० जोडीको सामूहिक विवाह

Read Time = 1 min

काबुल । अफगानिस्तानको राजधानी काबुलमा ७० जोडीको सामूहिक विवाह भएको छ । आफैं विवाह गर्ने खर्च नभएकाका लागि स्थानीय एक सामाजिक संस्थाले सामूहिक विवाह समारोह आयोजना गरिदिएको हो ।

‘सिलाब फाउण्डेसन भन्ने संस्थाले ७० जोडीको सामूहिक विवाह समारोह आयोजना गरेको हो,’ एक स्थानीय अधिकारीले भने । आर्थिक समस्याका कारणले आफैं विवाह समारोह आयोजना गर्न नसक्ने जोडीका लागि आफूहरूले विवाह समारोह आयोजना गरिदिएको फाउण्डेशनका पदाधिकारीले जनाएका छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?