क्यानडामा हरेक चुरोटमा स्वास्थ्य चेतावनी

Read Time = 2 mins

ओटावा । क्यानडाको सरकारले चुरोटका हरेक खिलीमा स्वास्थ्य चेतावनी राख्ने प्रस्ताव राखेको छ । धुमपानको कुलतविरुद्ध लड्ने प्रयासस्वरूप यस्तो कदम चालिएको बताइएको छ । सरकारले ल्याउन लागेको नयाँ कदम युवाप्रति लक्षित छ, जसले जसले प्रायः सामाजिक परिस्थितिहरूमा प्याकेजमा छापिएको जानकारीलाई बेवास्ता गर्दै चुरोटमा पहुँच राख्छन् भनिएको छ ।

‘खिलिमा नै स्वास्थ्यसम्बन्धी सावधानी सन्देश राख्दा यो मानिसहरूसम्म पुगेको सुनिश्चित हुनेछ,’ मानसिक स्वास्थ्य मन्त्री क्यारोलिन बेनेटल भन्नुभएको छ । सन् २००१ मा चुरोटको प्याकेटमा राखिएको सावधानीसहितको फोटो सरकारले अपेक्षा गरेजस्तो प्रभावकारी नभएको उहाँको भनाइ छ ।

सरकारले ल्याउन लागेको नयाँ प्रस्तावको क्यानडाको हर्ट एण्ड स्ट्रोक फाउण्डेशनले स्वागत गरेको छ । फाउण्डेशनका सिईओ डग रोथले भन्नुभएको छ, ‘क्यानाडामा अब विश्वमा चुरोटका लागि सबैभन्दा बलियो स्वास्थ्य चेतावनी प्रणाली हुनेछ ।’ क्यानाडामा दुई दशक पहिला सुर्तीजन्य पदार्थबाट बनेका सामार्गीमा स्वास्थ्य चेतावनी राखिएको थियो । अहिले सबै देशले यस्तो चेतावनी राखने गर्छन । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?