‘बाबरी’को रोमान्टिक गीत सार्वजनिक

Read Time = 3 mins

काठमाडौं । आगामी भदौ ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बाबरी’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक ‘बाबरी रंग’ बोलको गीतको भिडियोमा अभिनेत्री अदिती बुढाथोकी र धिरज मगरलाई फिचर गरिएको छ ।

सार्वजनिक गीतमा निर्देशक अनमोल गुरुङको शब्द, संगीत तथा स्वर सुन्न सकिन्छ । गीत गायनमा अस्मिता अधिकारीले संगीतमार गुरुङलाई साथ दिनुभएको छ । गीतमा विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी हेर्न पाइन्छ । चलचित्रको सार्वजनिक गीतले दर्शकको मन जित्नेमा निर्माण टिम विश्वस्त देखिन्छ ।

गीत रिलिज कार्यक्रममा उपस्थित भएर निर्माता संघका अध्यक्ष आकाश अधिकारी र अभिनेता भुवन केसीले बाबरीलाई सफलताको शुभकामना दिनुभयो । गीत रिलिज कार्यक्रममा बोल्दै ‘बाबरी’को टिजरले दर्शकको मन जितेकाले पनि गीतबाट धेरै अपेक्षा राखेको अभिनेत्री अदिती बुढाथोकीले बताउनुभयो । चलचित्र मुख्य अभिनेता धिरजले पनि चलचित्रको कथा मन परेकै कारण अन्तिम समयमा आएर आफुले ‘बाबरी’मा काम गर्न सहमत भएको बताउनुभयो ।

त्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमालाई सुरेन्द्र पौडेलको निर्देशन गर्नुभएको हो । चलचित्रमा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङलगायतका कलाकारको पनि अभिनय रहेको छ ।

बाबरी फिल्मको प्रस्तुति र सुष्मा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको निर्माता गणेश बुढाथोकी पुष्पालता बुढाथोकी हुनुहुन्छ । सुष्मा गुरुङ सहनिर्माता रहेको सिनेमाको कथा निर्देशक पौडेलले नै लेख्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?