अपांगता भएकालाई व्यावसायिक सीपमा जोड

Read Time = 2 mins

भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघ तथा रोजगारविहीन अपांगता भएका व्यक्तिका लागि ऊर्जाशील अवसर परियोजनाको संयुक्त आयोजनामा विभिन्न प्रकारका अपांगता भएका व्यक्तिलाई व्यावसायिक सीप प्रदान गरी रोजगारीमा समान अवसर प्रदानसम्बन्धी अन्तक्र्रिया सम्पन्न भएको छ ।

संघका अध्यक्ष शिवप्रसाद मानन्धरले परियोजनासँग मिलेर अपांगता भएका व्यक्तिका लागि रोजगारीका अवसर प्रदान गर्न सकिने बताउनुभयो । परियोजनाका कार्यक्रम निर्देशक चिरञ्जीवी शर्माले कुनै पनि देशको विकास र उन्नति देशको उद्योग व्यापारको अवस्थाले प्रतिबिम्बित गर्ने भएकाले देशको समृद्धिमा उद्यमी व्यवसायीको ठूलो योगदान रहने बताउनुभयो ।

अपांगता भएका व्यक्ति पनि देशका नागरिक भएकाले क्षमता हेरेर समान अवसर प्रदान गरिनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा संघका उपाध्यक्ष कृष्णमुरारी न्यौपाने र परियोजनाका व्यवस्थापक शिव प्रधान तथा तारानाथ सिग्देललगायतको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?