Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

आठ महिनामा चुहावटसम्बन्धी एक सय १३ मुद्दा

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

काठमाडौं । राजस्व अनुसन्धान विभागले पछिल्लो आठ महिनामा राजस्व चुहावट र विदेशी विनिमय अपचलनसमेत गरी दुई सय ८१ जनाविरुद्ध एक सय १३ मुद्दा दायर गरेको छ । विभिन्न अभियोगमा जरिवानासहित २१ अर्ब ७१ करोड बिगोदाबीसहित मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

राजस्व चुहावटतर्फ जरिवानासहित २० अर्ब ६१ करोड ३० लाख ८६ हजार बिगोदाबीसहित दुई सय तीनजनाविरुद्ध राजस्व चुहावटमा ६९ मुद्दा दायर गरेको छ । त्यसैगरी विदेशी विनिमय अपचलनतर्फ एक अर्ब १० करोड २१ लाख बराबरको बिगोदाबीसहित ७८ जनाविरुद्ध ४६ मुद्दा दायर गरेको छ ।

चालु आर्थिक वर्षमा बहुराष्ट्रिय कम्पनीले कारोबार गरेको पुँजीगत लाभकर छली, नक्कली अन्तःशुल्क स्टिकरको प्रयोग, क्रिप्टोकरेन्सीजस्ता जटिल तथा केही नयाँ विषयमा समेत अभियोजन र अनुसन्धान केन्द्रित गरिएको विभागले जनाएकोे छ । त्यस्तै, महालेखा परीक्षकका विभिन्न वर्षका वार्षिक प्रतिवेदनमा उल्लेख भएका कर छलीका कतिपय गम्भीर विषयमा पनि विभागले अनुसन्धानलाई निरन्तरता दिइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?