सेयर लगानीकर्ता कोइराला आमरण अनसनमा

Read Time = 2 mins

काठमाडौं । सेयर लगानीकर्ता तिलक कोइराला विभिन्न मागसहित बुधबारदेखि आमरण अनसन बस्नुहुने भएको छ । खुमलटारस्थित धितोपत्र बोर्ड परिसरमा अनसन बस्ने उहाँले पत्रकार सम्मेलनमार्फत् जानकारी गराउनुभएको हो ।

अनसनमा सबै लगानीकर्ता संगठनले साथ दिने भएका छन् । लगानीकर्ताहरूले अनसन व्यवस्थापनका लागि विभिन्न उपसमिति गठनसमेत गरेका छन् । आर्थिक उपसमितिको संयोजकमा पवित्रा निरौला, व्यवस्थापन उपसमितिको संयोजकमा दिपेन्द्र अग्रवाल, प्रचारप्रसार उपसमितिको संयोजकमा रोहन कार्की र मिडिया संयोजन उपसमितिको संयोजकमा एसपी चौलागाईं रहनुभएको छ ।

त्यस्तै, बैठकले अनसन बस्नेक्रममा वार्ता समिति गठन गर्ने र सम्झौतामा हस्ताक्षर गर्ने अख्तियारी अनसनकर्ता तिलक कोइरालालाई नै दिने निर्णय गरेको छ । कोइरालाले अनसन निर्णायक हुने भन्दै सरकारले चाहे कतिपय माग एक दिनमै पूरा गर्न सक्ने बताउनुभयो ।

विभिन्न १९ बुँदे मागसहित आन्दोलनमा उत्रिएका सेयर लगानीकर्ताले माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने बताएका छन् । पुँजी बजार सुधार संघर्ष समितिले सोमबार सबै जिल्ला प्रशासन कार्यालयमा प्रदर्शनसहित मागपत्र प्रस्तुत गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?