लालबन्दीमा एनएमबीको वित्तीय साक्षरता

Read Time = 2 mins

सर्लाही । एनएमबी बैंकले सर्लाहीको लालबन्दीस्थित तरकारी उत्पादक कृषकलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ । कार्यक्रममा तरकारी उत्पादक समूहका करिब एक सय ५० कृषकको उपस्थिति रहेको थियो ।

बैंकको लघुवित्त विभाग तथा शाखा कार्यालय लालबन्दीद्वारा आयोजित कार्यक्रममा कृषकलाई उत्प्रेरणाका साथैै बचत, लगानी, विभिन्न प्रकारका कर्जा तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विविध सेवाका विषयमा वित्तीय शिक्षाका साथै किसानसँग अन्तरक्रियासमेत गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा एनएमबी बैंक लघुवित्त विभागका प्रबन्धक शरद पौडेलले सहजीकरण गर्नुभएको थियो भने कार्यक्रमको संयोजन बैंकका लालबन्दी शाखा प्रमुख अरुणकुमार आचार्यले गर्नुभएको थियो । लालबन्दी क्षेत्र तरकारी उत्पादनको महत्वपूर्ण पकेट क्षेत्र मानिन्छ । सो क्षेत्रका करिब १५ सय किसान प्रत्यक्षरूपमा व्यावसायिक तरकारी खेतीमा लागेका छन् । लालबन्दीमा उत्पादित तरकारी काठमाडांै, पोखरा, विराटनगर, नारायणगढलगायतका विभिन्न शहरमा जाने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?