टिभी बजारमा पहिलो बन्ने एलजीको उद्देश्य

Read Time = 2 mins

काठमाडौं । दक्षिण कोरियाली उपभोक्ता इलेक्ट्रोनिक्स प्रमुख एलजीले २०२२ मा भारतीय टिभी बजारको ३२ प्रतिशत हिस्सा लिने लक्ष्य राखेको छ, जसमा करिब पाँच प्रतिशतको लाभले उक्त सेग्मेन्टमा नम्बर एक खेलाडी बन्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

ग्राहकलाई गुणस्तरीय दृश्यानुभव प्रदान गर्ने टिभी क्षेत्रमा अग्रणी बन्ने उद्देश्य राखेकाले लोकल इन्साइटका साथै रिटेल र बिक्रीपछिको सञ्जाल विस्तार गर्दै अघि बढ्ने योजना बनाएको एलजी इलेक्ट्रोनिक्स इन्डिया निर्देशक, होम इन्टरटेन्मेन्ट हाक हृयुन किमले बताउनुभएको छ । एलजी नेपालले पनि स्थानीय बजारमा आफ्नो स्थिति बलियो बनाउने प्रयास गरिरहेको छ ।

भारतको नयाँदिल्लीमा एक अन्तर्वार्तामा हृयुम किमले भन्नुभएको छ, ‘हाम्रो आकांक्षा नम्बर एक टिभी ब्रान्ड बन्ने हो । हामी २०२२ बाट बाहिरिँदा करिब ३२ प्रतिशत बजार हिस्सा हामीसँग हुनेछ, भारतीय टिभी बजार ४.६ बिलियन डलर भएको अनुमान गरिएको छ र यहाँ दक्षिण कोरियाली फर्मको २०२१ मा लगभग २७ प्रतिशत बजार हिस्सा थियो ।

हामीले भारतीय उपभोक्तालाई धेरै राम्रोसँग बुझेका छौँ र यसले हामीलाई हाम्रो बजार हिस्सामा हरेक वर्ष सुधार गर्न मद्दत गरिरहेको छ । हामी पैसाको अनुपातमा उचित मूल्य प्रदान गर्ने उत्पादन लिएर आउँदैछौँ ।’ भारतीय उपभोक्ताजस्तै नेपालका एलजी प्रशंसक पनि ब्राइटर प्यानल र लाउड साउन्ड बेस मन पराउने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?