स्वास्थ्य शिविरले पाठेघर समस्या भएका महिलालाई राहत

हिमालय टाइम्स
Read Time = 4 mins

विजय रावत

जुम्ला । जुम्लाको तिला गाउँपालिका– ५ स्थित डुंग्री गाउँका पाठेघर समस्या भएका महिलालाई गाउँमै स्वास्थ्य शिविर बसेपछि गाउँका महिलालाई राहत भएको छ । कम उमेरमै विवाह गर्नु, गरुंगो भारी बोक्नु, स्वास्थ्य परीक्षण नगर्नुले पनि लामो समयदेखि डुंग्रीका महिला पाठेघरसम्बन्धी समस्याबाट पीडित रहेको स्थानीय सेतु रावतले बताउनुभयो ।

रावतले भन्नुभयो, ‘नजिकै स्वास्थ्य संस्था नहुनाले नियमित जाँच गर्न सक्ने अवस्था यहाँका महिलामा छैन ।’ उहाँ आफैँले पनि लामो समयदेखि पाठेघरको समस्या लुकाएर बसेको बताउनुभयो । ५० वर्षीया रावतले अहिलेसम्म अस्पताल पुग्न बताउनुहुन्छ । डुंग्रीमा पाठेघर समस्या भएका महिला धेरै भएको जानकारी भए पनि जिल्ला स्वास्थ्य सेवा कार्यालय जुम्लाले पाठेघर समस्याको उपचार गर्न विशेषज्ञ सेवा चलाएको थियो । पहिलोपटक गाउँमै पाठेघरसम्बन्धी शिविर बस्दा रोग बल्झिसकेको कुरा थाहा भएको छ । रोग लागिसकेपछि उपचार पाउँदा दुःख लागेको सो गाउँका स्थानीय महिला बताउँछन् ।

बर्थिङ सेन्टरमा जान पनि अर्को वडामा जानुपर्ने बाध्यता रहेको छ । आफूहरू स्वास्थ्य सेवाबाट पूर्ण रुपमा बञ्चित जस्तै रहेको महशुस गरेका छौं । कतिपय स्वास्थ्यमा देखिएका समस्या भन्न लाज मानेर लुकाउनाले यो समस्या देखा परेको स्थानीय बताउँछन् । डुंग्रीमा पाठेघर समस्या भएका महिलाको संख्या पछिल्लो समय बढ्दो क्रममा रहेको छ । ६ जना महिलाको पाठेघरमा रिङ पेसरी राखिएको छ । सरकारको लक्ष्य नै ग्रामीण भेगका महिलालाई उपचार गाउँमै गराउनु हो । स्वास्थ्य कार्यालय पनि गाउँमै पुगेर स्वास्थ्य शिविर सञ्चालन गरेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सुरक्षित मातृत्व तथा परिवार नियोजन कार्यक्रम संयोजक मोर्चा शाहीले जानकारी दिनुभयो ।

यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिानका डा. तिविनकुमार सिवाकोटीको टोली स्वास्थ्य जाँचका लागि डुंग्री पुगेको थियो । सानै उमेरमा आमा बन्ने, सुत्केरी हुँदा उचित सेवा र सुविधा नपाउने, नियमित गर्भजाँच नगराउने, गरुंगो भारी बोक्ने गरेकाले पाठेघर खस्ने समस्या बढ्ने गरेको डा. सिवाकोटीले जानकारी दिनुभयो । स्थानीय वासिन्दा कालिबहादुर बुढाले पाठेघरको समस्या भएका महिलाको लागि गाउँमै शिविर चलेकोमा राहत मिलेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?