एसपिपीबारे अमेरिकी दूतावासको खण्डन : सञ्चारमाध्यममा आएका दस्तावेज गलत

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे नेपाली संचारमाध्यममा आएका विवरणहरू असत्य भएको दाबी गरेको छ । दूतावासले सामाजिक सञ्जाल ट्वीटरमार्फत उक्त गरेको भनेको हो ।

दूतावासले ट्वीटरमा ‘नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी गर्ने केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित दस्ताबेज असत्य हो। नीतिअनुसार अमेरिकाले कुनै पनि देशलाई स्टेट पार्टनरशिप प्रोग्राममा सामेल हुन भन्दैन तर कुनै देशबाट त्यसका लागि माग आएको खण्डमा भने त्यस्तो मागको सम्बोधन गर्दछ’ उल्लेख गरिएको छ।

दूतावासले एसपिपी अमेरिकाको नेशनल गार्ड तथा साझेदार विदेशी मुलुकबीचको एक आदानप्रदान कार्यक्रम भएको दाबी पनि गरेको छ। उसले ‘अमेरिकी नेशनल गार्डले स्वदेशमा भूकम्प, बाढी र वन डढेलो जस्ता प्राकृतिक विपदविरुद्ध जुध्नका लागि अमेरिकाका प्रथम उद्धारकर्ताहरूलाई सहयोग गर्दछ’ भनि ट्वीटरमा उल्लेख गरेको छ।

यसैगरि उसले भनेको छ ‘२५ वर्षभन्दा लामो समयदेखि कायम रहँदै आएको एसपिपीमा ९० भन्दा बढी देशसँग ८० भन्दा बढी साझेदारीहरू समावेश छन्। तीमध्ये अधिकांश देशहरू यस क्षेत्रमा छैनन्।’

दूतावासले एसपिसीले आँधीबेहरीदेखि भूकम्प, बाढी र डढेलोसम्मका प्राकृतिक तथा अन्य विपद्‌को अवस्थामा अमेरिका आफ्नो अग्रपङ्क्तिका उद्धारकर्ताका रूपमा रहेका नेशनल गार्डहरूको उत्कृष्ट अभ्यासको अनुभव तथा क्षमता साटासाट गर्न चाहने पनि ट्वीटरमार्फत जनाएको छ। ’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?