‘हाइप्रोफाइल’ बलात्कार काण्डः जाहेरीको डेढ महिनामा फैसला, अभियुक्तलाई सफाइ

हिमालय टाइम्स
Read Time = 3 mins

प्रतिमा सिलवाल

चितवन । प्रहरीलाई जानकारी नै नदिई सरकारी वकिलको कार्यालयमार्फत बकपत्र गरिएको चितवनको एक ‘हाइप्रोफाइल’ बालिका मुद्दाका अभियुक्तले सफाइ पाएका छन् ।

नवलपुरमा रहेको कालिका मेडिकल तथा टेक्निकल कलेजका सञ्चालक शिव काफ्लेले बलात्कार आरोपमा जाहेरी परेको डेढ महिनामा नै सफाइ पाउनुभएको हो ।

अभियुक्त शिव काफ्लेलाई मंगलबार जिल्ला अदालत चितवनले सफाइ दिएको हो । जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले अभियोग दाबी नपुग्ने निर्णय गर्दै फैसला सुनाइएको हो ।

जिल्ला अदालत चितवनमा मंगलबार सुनुवाइ भएका पाँच वटा बलात्कारका मुद्दामा सबै अघिल्लो वर्षका मुद्दा छन्। काफ्लेको मात्रै मुद्दामा जाहेरीको डेढ महिनामा नै फैसला भएको हो ।

काफ्ले सञ्चालक रहेको कलेज कालिका मेडिकल तथा टेक्निकल कलेजकी एक १८ वर्ष मुनिकी छात्राले जिल्ला प्रहरी कार्यालय चितवनमा बैशाख १९ गते आफूमाथि अभियुक्त शिव काफ्लेले पटक पटक बलात्कार गरेको भन्दै जाहेरी दिएकी थिइन् ।

तर, जाहेरीको लागि आमासहित प्रहरी कार्यालय गएको भोलिपल्टैदेखि नै हाम्रो उजुरी फिर्ता गर्छौँ भन्दै पीडित किशोरी र उनकी आमा पुगेपछि प्रहरीले उनीहरूमाथि अनावश्यक दबाब भएको अनुमान लगाएको थियो ।

चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले सार्वजनिक रूपमै यो मुद्दा होस्टाइल हुनसक्ने भन्दै सरोकारवालासँग सहयोगको अनुरोध गर्नुभएको थियो । यसैगरी संरक्षकको तर्फबाट आमाले कागज गर्न पनि इन्कार गरेकी थिइन् ।

त्यसबाहेक कानुन अनुसार प्रहरीलाई जानकारी नै नदिई जिल्ला न्यायाधिवक्ताको कार्यालय चितवनमार्फत नाबालिग छात्राको बकपत्र गराइएको थियो । २९ वर्षका काफ्लेलाई अदालतले जेठ १६ गते पुर्पक्षको लागि थुनामा पठाएको थियो । श्रोत : आइएनएस-स्वतन्त्र समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?