अमेरिकामा अत्याधिक गर्मी बढेपछि १० करोड जनतालाई घरभित्रै बस्न सुझाव

हिमालय टाइम्स
Read Time = 1 min

न्युयोर्क । मध्य तथा पूर्वी अमेरिकामा अत्यधिक गर्मी बढेको छ । गर्मी बढेपछि सर्वसाधारणलाई स्वास्थ्य चेतावनी जारी गरिएको छ । केही साताअघि पश्चिममा बढेको तापक्रम अहिले पूर्वी क्षेत्रमा बढेको छ ।

फिनिक्स, लस भेगास र डेनभरलगायतका सहरमा तापक्रमले यसअघिका रेकर्ड तोडेको छ । १० करोड अमेरिकीहरूलाई घरभित्रै बस्न भनिएको छ

बुधबारसम्म देशको पूर्वी दुई तिहाइ भूभागमा तातो हावा चल्ने प्रक्षेपण गरिएको छ । तापक्रम सामान्यभन्दा १० देखि ३० डिग्रीसम्म पुग्ने पूर्वानुमान गरिएको छ ।

शिकागोको राष्ट्रिय मौसम सेवाले भनेको छ, ‘बाहिरको तीव्र गतिविधि र सूर्यको जोखिमलाई सीमित गर्नुहोस ।’ यसैबीच, ६० माइल प्रतिघण्टाको तीव्र आँधीका कारण सोमबार राति सिकागोका हजारौं बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?