ओखलढुङगामा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

ओखलढुङगा । ओखलढुङगाको चम्पादेवी गाउँपालिका–७ फुलवारी टोलमा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ ।

एकै घर परिवारका चार जनाले जंगली च्याउ खाएकोमा दुर्य जनाको मृत्यु भएको छ भने अज्य दुई जना बिरामी भएका छन्।

जेठ २८ गते आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खानुभएका स्थानीय ९३ वर्षीया मनमाया विष्ट, निजको छोरा राजन विष्ट, राजनको श्रीमती ढककुमारी लामिछाने र छोरी सरिस्मा विष्ट बिरामी हुनुभएको थियो ।

च्याउ खाएर बिरामी भएका चारै जनालाई उपचारको लागि मिसन अस्पताल ओखलढुङगा पठाइएकोमा उपचारको क्रममा ढककुमारी लामिछानेको सोही अस्पतालमा मृत्यु भएको थियो।

अन्य तीन जनालाई थप उपचारको लागि काठमाडौंको टिचिङ अस्पताल पठाइएकोमा उपचारको क्रममा मनमाया विष्टको ३१ गते मृत्यु भएको तथा अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?