अध्ययन भन्छ– मुम्बई समुद्रमा डुब्दैछ

हिमालय टाइम्स
Read Time = 2 mins

मुम्बई । वैज्ञानिक जर्नलमा प्रकाशित एक अध्ययनले भारतीय मेगासिटी मुम्बईको लागि खतराको घण्टी बजाएको छ । अध्ययनले तटीय सहर मुम्बई समुन्द्रमा डुबिरहेको देखाएको छ । प्रतिवर्ष २ मिलिमिटरको दर सानो देखिए पनि भविष्यमा बढ्दो बाढीबाट बच्न तत्काल समाधानको उपाय अपनाउनु पर्ने अध्ययन प्रतिवेदनले सुझाव दिएको छ ।

मुम्बई सहर डुब्नु भनेको जमिन कमीको घटनासँग जोडिएको बताइएको छ । युनिभर्सिटी अफ रोड आइल्याण्डका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनअनुसार चीनको तियान्जिन विश्वको सबैभन्दा छिटो डुब्ने सहर हो । उक्त सहर वर्षेनी ५ सेन्टिमिटरको दरले डुबिरहेको छ ।

सामान्यतया जमिनको कमीले सहर डुब्ने क्रम बढ्दो छ । जमिनको कमी भनेको पृथ्वीको ठाडो गति हो । भूमि झर्ने प्रक्रिया स्थायी र अपरिवर्तनीय छ ।

अध्ययनअनुसार इन्डोनेसियाको सिमराङ सहर प्रतिवर्ष ३ दशमलब ९६ सेन्टिमिटर र जाकर्ता ३ दशमलब ४४ सेन्टिभिटरका दरले डुबिरहेको छ । त्यस्तै, चिनियाँ सहर सांघाई २ दशमलब ९४ सेन्टिमिटरका दरले डुबिरहेको छ । त्यस्तैः भियतनामी सहर हो चि मिन्ह र हनोइ क्रमशः प्रतिवर्ष २ दशमबल ८१ पतिशत र २ दशमलब ४४ सेन्टिमिटरका दरले डुबिरहेको छ ।

अध्ययन जियोफिजिकल रिसर्च लेटर्स जर्नलमा प्रकाशित छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?