जिसस गुल्मीमा गठबन्धनको प्यानल विजयी

हिमालय टाइम्स
Read Time = 3 mins

-रमेश विश्वकर्मा

गुल्मी। जिल्ला समन्वय समिति गुल्मीको निर्वाचनमा सत्ता गठबन्धनको प्यानल विजयी भएको छ । बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालय तम्घासमा भएको जिल्ला समन्वय समितिको निर्वाचनमा सत्ता गठबन्धनबाट समन्वय प्रमुखमा नेपाली कांग्रेसका द्रोणबहादुर खत्री १५ मतसहित विजयी हुनुभएको छ ।

खत्री स्थानीय तहको निर्वाचनमा चन्द्रकोट गाउँपालिका वडा नम्बर–३ बाट वडासदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका युवराज न्यौपानेले ९ भोट प्राप्त गर्नुभयो । न्यौपानेले स्थानीय तह निर्वाचनमा सत्यवती गाउँपालिका वडा नम्बर–६ बाट विजयी हुनुभएको थियो ।

उपप्रमुखमा सत्तागठबन्धनबाटै नेकपा माओवादी केन्द्रका तेजेन्द्र सलामी १५ भोटसहित विजयी हुनुभएको छ । सलामी स्थानीय तहको निर्वाचनमा कालीगण्डकी गाउँपालिका वडा नम्बर–६ बाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

उहाँका प्रतिस्पर्धी नेकपा एमालेकी रमादेवी पुनले ९ भोट प्राप्त गर्नुभयो । पुन स्थानीय तह निर्वाचनमा चन्द्रकोट गाउँपालिका–५ बाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

जिल्ला समन्वय समितिको सदस्यहरू पनि गठबन्धनदलकै उम्मेदवार विजयी भएका छन् । जसमा नेपाली कांग्रेसका महेश्वर भण्डारीले १४, शेरबहादुर विश्वकर्माले १५, सुनिता जिसिले १५, शेरबहादुर कुँवरले १५, वीरबहादुर कार्कीले १५, नेकपा एकीकृत समाजवादी पार्टीकी सावित्रा पाण्डे भण्डारीले १५ र राष्ट्रिय जनमोर्चाकी नरमाया रानाले १५ भोट प्राप्त गरि विजयी हुनुभएको छ ।

जिल्ला समन्वय समितिको सदस्यमा नेकपा एमालेका उम्मेदवार पिताम्बर अर्यालले ९, कृष्ण प्रसाद भण्डारीले १०, ज्ञानप्रसाद श्रेष्ठले ९, सागर नेपालीले ९, ममता सुनार आत्रेयले ९, कल्पना अधिकारीले ९ र विमला पन्थीले ९ भोट प्राप्त गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?