कुमारी आमा निहारिकाको विषय संसदमा प्रवेश : पीडितलाई न्याय र पीडकलाई सजाय दिन माग

Read Time = 2 mins

काठमाडौं । आफूमाथि बलात्कार भएको र त्यसबाट जन्मेको बच्चा २१ महिना हुँदासमेत न्याय नपाएको भन्दै काठमाडौंमा ६ दिनदेखि आमरण अनशनमा बसेकी महोत्तरीकी निहारिका राजपुतको विषय संसदमा प्रवेश गरेको छ ।

स्थानीय प्रशासन, जिल्ला अदालत र उच्च अदालतबाट समेत न्याय नपाएको भन्दै पाँच बुँदे माग राखेर निहारिकका आमरण अनशन बसेको बुधबार छैटौँ दिन हो । छैटौँ दिनका दिन बुधबार बसेको प्रतिनिधिसभामा सांसद थममाया थापाले निहारिकालाई न्याय दिन सदन र सरकारको ध्यानाकर्षण गराउनु भयो ।

‘१७ वर्षको हुँदा नशालु पदार्थ खुवाएर शिवराम श्रेष्ठले बलात्कार गरेको र सो बलात्कारबाट रहेको गर्भबाट जन्मिएको बच्चा २१ महिना भइसकेको छ । तर, उनले न्याय पाइनन्,’ बैठकमा उहाँले भन्नुभयो, ‘ यही विषयमा राज्यका सबै संयन्त्रमा न्यायको भीख माग्दा न्याय पाइनन् । उनी अहिले राजधानीमा काखमा दूधे बालक च्यापेर न्यायको भीख मागिरहेकी छिन् । आमरण अनशन बसिरहेकी छन् । जुन राज्यका लागि लाजमर्दो घटना हो ।’

निहारिकाको पाँच बुँदे माग यथाशीघ्र सम्बोधन गरेर उनलाई न्याय दिन र पीडकलाई कारबाही गर्न उहाँले माग गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?