प्युठानमा जिप दुर्घटना : एक जनाको मृत्यु, ८ जना घाइते

Read Time = 1 min

प्युठान । प्युठानको स्वर्गद्धारी नगरपालिका–४ भिंग्रीमा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भारत घर भएका ६५ वर्षिय बिक्की नाउ रहेका छन् ।

स्वर्गद्धारी दर्शन गरी भारततर्फ फर्किदै गरेको भारतीय नम्बर प्लेटको जिप आज बिहान पौने ११ बजे अनियन्त्रित भई पल्टिएको थियो ।

चालक सहित घाइते भएका आठ जनाको स्थानीयअस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?