जिसस दोलखामा गठबन्धनका घतानी विजयी

Read Time = 1 min

दोलखा । जिल्ला समन्वय समिति दोलखाको प्रमुखमा गठबन्धनबाट उम्मेदवार बन्नुभएको नेकपा माओवादी केन्द्रका नेता बर्जुराम घतानी विजयी हुनु भएको छ ।

बुधबार सम्पन्न जिससको निर्वाचनमा १८ मत रहेको दोलखामा घतानीले ११ मत पाउनु भयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार ऋषीकेश उप्रेतीले ७ मत प्राप्त गर्नुभयो । यसैगरी उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका दार्जी शेर्पा विजयी हुनु भयो । उहाँले ११ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी गोमा केसीले ७ मत ल्याउनु भयो ।

सदस्यहरूमा नेपाली कांग्रेसका कल्पना थामी, निलम ठकुरी, अनील तामाङ, मेनुका चौलागाईं, सन्तेन्जु शेर्पा, टसी शेर्पा र कृष्ण श्रेष्ठ विजयी हुनुभयो ।

जिसस दोलखामा नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीचको गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?