प्रदेश १ को बजेटः आर्थिक वृद्धिदर ५.४ प्रतिशतसम्म हुने अनुमान

Read Time = 2 mins

विराटनगर । प्रदेश १ सरकारले आगमी आर्थिक बर्षमा ५.४ प्रतिशतले आर्थिक बृद्धीदर हुने प्रक्षेपण गरेको छ ।

प्रदेश १ को प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले गत आर्थिक बर्षको भन्दा १ प्रतिशत बढीले आर्थिक बृद्धीदर कायम हुने अनुमान गर्नुभएको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड – १९ महामारीको असर क्रमशः न्यून हुन गएसँगै आर्थिक तथा सामाजिक गतिविधिहरु गतिशिल बन्दै गएको उल्लेख गर्दै मन्त्री आङबोले आमनागरिकको जनजीवन सहज बन्दै गएका कारण आर्थिक बृद्धीदर हुने अनुमान गर्नुभयो ।

‘उद्योग एवं व्यापार व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा आएका छन, आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि भएको छ, निर्माण क्षेत्रले क्रमशः गति लिदै गएको छ भने उर्जा क्षेत्रको उत्पादन बढेको हुँदा सोका आधारमा आर्थिक वृद्धिदर तुलनात्मक रुपमा बढ्ने अनुमान छ,’ बजेटमा भनिएको छ, ‘चालु आर्थिक वर्षको संशोधित कुल गार्हस्थ उत्पादन ७ खर्व ६३ अर्व रहने अनुमान छ, फलस्वरुप प्रदेशको आर्थिक वृद्धिदर गत आर्थिक वर्षको ४.३४ प्रतिशतबाट बढेर चालु आर्थिक वर्षमा ५.४१ प्रतिशत पुग्ने अनुमान छ ।’ मन्त्री आङबोले चालु आर्थिक वर्षसहित पछिल्लो चार वर्षमा प्रदेशको वार्षिक औषत आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहेको पनि स्मरण गराउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?