आईसिसी अलराउन्डरमा दीपेन्द्रको वरीयतामा सुधार

Read Time = 2 mins

काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसीको अलराउन्डर वरीयताको नवौं स्थानमा उक्लिएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका कुनै पनि खेलाडीको यो अहिलेसम्मकै उत्कृष्ट वरीयता हो ।

आइसिसीले बुधबार सार्वजनिक गरेका वरीयतामा दीपेन्द्र एक स्थान सुधार गर्दै नवौं स्थानमा उक्लिएका हुन् । यसअघि दीपेन्द्र वरीयताको १०औं स्थानमा थिए ।

अलराउन्डर वरीयताको शीर्ष स्थानमा अफगानिस्तानका अलराउन्डर मोहम्मद नाबी छन् ।

यस्तै, दीपेन्द्र ट्वान्टी ब्याटिङ वरीयताको ४३औं स्थानमा छन् । नेपालका ओपनर ब्याटर यो वरीयताको ३९औं स्थानमा छन् ।

ट्वान्टी २० ब्याटिङ वरीयतामा कुशल र दीपेन्द्रबाहेक आसिफ शेख ९८औं स्थानमा छन् ।

ट्वान्टी २० बलिङ वरीयतामा नेपालका कप्तान सन्दीप लामिछाने ३९औं स्थानमा छन् । बलिङमा सन्दीपबाहेक, अविनास बोहरा ९०औं स्थानमा छन् ।

एकदिवसीय ब्याटिङ वरीयतामा समेटिएका नेपालका एकमात्र ब्याटर रोहित पौडेल ८२औं स्थानमा छन् । यस्तै, एकदिवसीयको बलिङ वरीयतामा समेटिएका नेपालका कप्तान सन्दीप ४३औं स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?