गण्डकीको बजेटबाट नीजि क्षेत्र निरुत्साहित

हिमालय टाइम्स
Read Time = 2 mins

-सन्तोष बत्याल

पोखरा । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको छ । कूल ३५ अर्ब ९० करोड ९० लाख विनियोजन गरिएको बजेटबाट नीजि क्षेत्र भने उत्साहित देखिदैन ।

नीजि क्षेत्र मैत्री बजेट नआउँदा यहाँका व्यवसायी उत्साहित छैनन् । सरकारले नीजि क्षेत्रबाट अपेक्षा धेरै गरेता पनि नीजि क्षेत्रलाई नै माथि उठाउने गरी बजेटमा खासै केही नआएको पोखरा उद्योग बाणिज्य संघ उपाध्यक्ष अर्जुन पोखरेल बताउनुहुन्छ ।

प्रदेशमा अन्तर्राष्ट्रिय सम्मलेन केन्द्र बनाउने कतिपय कुराहरू सकरात्मक भएता पनि कोभिडका कारण र आर्थिक मन्दीका कारण नीजि क्षेत्रले भोगेका समस्यालाई निराकरण गर्ने बजेट नआएको उहाँले बताउनुभयो । ‘कर प्रणाली, नविकरण, बैंकका ब्याज लगायतका विषयहरू हामीलाई आवश्यक छ । जसको स्पष्ट उल्लेख गरिएको छैन । बजेट कर्मकाण्डी मात्रै भएर आएको छ ।’, उहाँले भन्नुभयो ।

गण्डकी सरकारले ट्रेकिङ र टुर्स एण्ड ट्राबलिङ क्षेत्रमा मात्र नविकरणमा छुट दिने भनेर उल्लेख गरेको र अरु व्यवसायलाई उपेक्षा राख्न खोजेको जस्तो देखिएको तर्क उहाँको छ ।

यस्तै, गण्डकीका पूर्व अर्थमन्त्री किरण गुरुङले बुधबार सार्वजनिक भएको बजेटलाई हात्तिको देखाउने दाँत मात्र भएको उल्लेख गर्नुभएको छ । उहाँले एमालेको सरकार अल्पकालिन तथा दीर्घकालिन योजनालाई कटौती गर्दै बजेट विनियोजन गरिएको बताउनुभयो । प्रदेश सरकारको बजेट वत्तव्यमा समावेश गरिएका कुनै पनि कार्यक्रमहरू सम्पन्न हुने गरी नआएको भनाइ उहाँको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?