बजेट पास भए लगत्तै एकीकृत समाजवादीले मन्त्री फिर्ता बोलाउने

फाइल तस्वीर

Read Time = 1 min

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बजेट पास भए लगत्तै मन्त्री फिर्ताको निर्णय कार्यान्वयन गर्ने भएको छ ।

बुधबार बसेको स्थायी कमिटी बैठकले सचिवालय बैठकको निर्णय अनुमोदन गर्दै बजेट पारित भए लगत्तै सरकारमा पार्टीका तर्फबाट पठाउने मन्त्रीहरु हेरफेर गर्ने निर्णय गरेको हो ।

स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने सचिवालयको निर्णयलाई स्थायी कमिटीले अनुमोदन गरेको जानकारी दिनुभयो ।
असार १० गते पोलिटव्युरो र ११ गते केन्द्रीय कमिटी बैठक तथा १३ गते केन्द्रीय परिषद् बैठक बोलाउने निर्णय बैठकले गरेको उनले जानकारी दिनुभयो।

अहिलेको पाँच दलीय गठबन्धनलाई आगामी चुनावसम्म लैजान सम्पूर्ण प्रयत्न गर्ने निर्णयसमेत बैठकले गरेको उहाँले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?