मञ्चलाई राखेपको स्वागत र बधाई

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल खेलकुद पत्रकार मञ्चका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा मंगलबार स्वागत तथा बधाई कार्यक्रम आयोजना गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा भएको कार्यक्रममा राखेप सदस्य-सचिव टंकलाल घिसिङले कार्यसमितिका पदाधिकारीलाई कार्यकाल पूर्ण सफलताको शुभकामना दिँदै मायाको चिनो प्रदान गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य-सचिव घिसिङले खेलकुदको विकास र विस्तारमा खेल पत्रकारको भूमिका पनि महत्वपूर्ण हुने हुँदा सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै खेलकुदको हित र खेलाडीलाई नै केन्द्रबिन्दुमा राखेर काम गर्ने बताउनुभयो । उहाँले एसियाली खेलकुद अनिश्चितकालका लागि स्थगित भए पनि परिषद्ले खेलाडीको प्रशिक्षणलाई निरन्तरता दिने बताउँदै तयारी अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पनि उपयोगी हुने धारणा व्यक्त गर्नुभयो ।

खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले खेलकुद र खेलाडीको हितका निम्ति मञ्च परिषद्सँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?